काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख सहयोग गरेको छ । बालुवाटारमा पार्टी अध्यक्ष माधवकुमार नेपालले २५ लाखको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । उक्त चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ ।
पार्टी सचिवालयको निर्णयअनुसार भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गरिएको समाजवादीले जनाएको छ ।a