काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ ।केही दिन अगाडि मात्रै मिति परिवर्तन भएको महासमिति बैठक कांग्रेसले फेरि सारेको हो ।यस अघि मंसिर १३ देखि १५ लागि गर्ने भनिएको महासमिति बैठक केही दिन अगाडि मात्रै मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने घोषणा गरेको थियो ।
तर तीन दिन नबित्दै कांग्रेसले फेरि महासमिति बैठक पुस १६ देखि १९ गतेसम्मका लागि सारिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।महासमिति सदस्यको टुंगो लाग्न बाँकी भएको तथा भूकम्पको प्रभावसहितका विषयले बैठक सारिएको उनले बताए ।