काठमाडौँ । चीन सरकारले चिनियाँ राजदूत छन् सङमार्फत् भूकम्पपीडितका लागि पठाएको राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका छन् । मन्त्री श्रेष्ठले मंगलबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुइटा एयरक्राफ्टमार्फत् आएको झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेका हुन् ।
राहत बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । सहयोगले नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै मुलुक एक(अर्काको दुस्खमा साथमा रहेको अझ प्रमाणित गरेको उनले बताए । त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली व्यक्त गरे ।
नेपाल र नेपाली जनताको दुस्खमा चीनको सधैं साथ(सहयोग रहने र राष्ट्रपति सी जिन पिङलेसमेत पत्र पठाएर संवेदना जाहेर गरेको उनले बताए । दुइटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ। जसमा दुई हजार तीन सय टेन्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।
आज बिहान काठमाडौं आइपुगेको उक्त सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ भने पोखरा आएको सागग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी छ।