बीरगञ्ज । बीरगञ्जको आर्दशनगरमा रहेको किंग्स क्यासिनोको गैरकानूनी कामका कारण क्यासिनोमा प्रवेश निषेध गरिएका नेपालीहरुको बिल्लीवाँठ हदै गएको छ । किंग्स क्यासिनोले त कानूनको खिल्ली उढाउदै चिठ्ठा उपहार कार्यक्रम समेत संचालनमा ल्याएको छ ।
चिठ्ठा जन्य कार्यक्रहरु कानूनले नै प्रतिवन्ध लगाएको छ । तर क्यासिनोले पहिलो पुरस्कार बुलेट मोटरसाईकल, दोश्रो पुरस्कार सिक्री र तेश्रो पुरस्कार जुवा खेल्नलागि क्यासिनो कुपन दिने भन्दै “ग्राण्ड लक्की ड्र” संचालनमा ल्याएको हो। क्यासिनो संचालनको इजाजत दिने नेपाल पर्यटन बोर्डले भने मिनि क्यासिनो संचालनको अनुमती दिएको जनाएको छ । बिभाजका निर्देशक एवं प्रवक्ता काली बहादुर भूजेलले लक्की ड्र संचालनको इजाजत आफुहरुले नदिएको प्रष्ट पारे । उनले चिठ्ठा कार्यक्रम गैरकानूनी भएको बताए।
यता पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि क्यासिनोलाई चिठ्ठा संचालनको इजाजत नदिएको बताउँछन् । इजाजत मागेको पनि छैन दिएको पनि छैन पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले भने भाग्यशाली चिठ्ठा जस्ता कुरा कानूनी रुपमै दण्डनीय रहेका छन । तर बीरगञ्जका किंग्स क्यासिनोका संचालक कमल के.सी.ले आफूहरुले ब्यापार प्रर्वद्धनकालागि चिठ्ठा खोल्ने गरेको चिठ्ठाको बिक्री बितरण भने नगरेको दावी गरे ।
क्यासिनोमा आउने ग्राहकले लिने भौचरमा कुपन दिने गरेको र त्यही कुपनलाई चिठ्ठाको रुपमा निकाल्ने गरेको उनले बताए । उनले शब्दमा चिठ्ठा लेखिएको भएपनि त्यो चिठ्ठा बिक्री गरेर नखोलिएको दावी गरे ।
बिभागका प्रवक्ता भूजेलले बीरगञ्जमा रहेका क्याशिनोहरु मिनी क्यासिनो हुन । आधुनिक मेशीन तथा उपकरणको माध्यमले गेम खेलाउने इजाजत पाएका छन । पाँच तारे होटेलमा रहेका क्यासिनोले माध लाइभ गेम संचालनको अनुमती पाउने उनले बताए । बीरगंजमा रहेको किग्स क्यासिनोले बिभागको दिएको इजाजतको खिल्ली उडाउदै फलास म्यारिज जस्ता गेमहरुपनि खेलाउदै आएको छ । किंग्सका बारेमा गुनासो आएका छन । त्यसका बिषयमा छड्के अनुगमनको तयारी गरेको भूजेलले बताए ।
उनले क्यासिनो भित्रको सीसी क्यामराको ६ महिनाको फूटेज राख्न निर्देशन गरेको बताए ।
किंग्स क्यासिनोमा नेपालीहरुलाई प्रवेश दिएको र धेरैको बिल्लीवाठ भएको गुनासो बिभाग सम्म आइपुगेको बताउदै भूजेलले यस्तो निर्देशन दिएको बताए । क्ग्सि क्यासिनोका संचालक कमल के.सी.ले पनि आफनो क्यासिनोमा नेपालीहरुलाई प्रवेश नदिइएको बताए । के.सी.ले नेपालीको प्रवेश रोकेको दावी गरेपनि उनलेदावी गरेको जस्तो नरहेको क्यासिनो प्रवेश गर्नेहरुले बताएका छन ।
क्यासिनोको पहिलो प्रवेशद्वारमै यस्तो घण्टीको ब्यवस्था गरिएको छ की स्थानीय प्रशासनले छड्के चेकजाँच गरिहाले पनि त्याहा तैनात सुरक्षाकर्मीले घण्टी थिचेपछि माथि रहेका नेपालीहरु खेलाडीहरु अर्को वाटो प्रयोग गरेर निस्कन्छन । स्थानीय प्रहरी प्रशासनको चेकजाँचमा नेपालीहरु फेला पर्दैनन तर क्यासिनोमा नेपाली खेलाडीको प्रवेशमा कुनै रोकटोक छैन । क्यासिनो संचालक के.सी. केही चिनजानेका साथीभाई भेटन आउदा अरु पनि साथी लिएर आउने र उनीहरु मित्रताकै कारण क्यासिनोमा प्रवेश गर्ने घटना यदाकदा हुने गरेको स्मरण गर्दै घुमाउरो पारामा नेपालीको प्रवेश स्वीकार भने गर्छन ।
के.सी.कागजका अधारमा भारतीयलाई प्रवेश दिने गरिएकोेले सीमावर्ती क्षेत्रमा यताका नागरिकको उताको कागजात पनि हुने भएकोले नेपालीको प्रवेश भनिएको हुन सक्ने उनको कथन छ । चार दिन अगाडि मात्र किंग्स क्यासिनोमा क्यानडा जान पैसाको जोहो गरेका एक जना नेपाली युवाले प्रवेश पाए । उनले त्यो रात ४ लाख रुपैया हारे । जीतपुर सीमराका प्रतिष्ठित ब्यवसायीका छोरा उनी यति सम्म हारे की पछि क्यासिनोका कर्मचारीले मोवाइल समेत धरौटीमा राखे । नेपालीहरुलाई क्यासिनो भित्र लैजनाले बिचौलीया नेपाली नै हुन्छन र तिनले जुवा खेल्नेहरुलाई महगो ब्याजदरमा लगानी समते गर्ने गरेको एक भूक्तभोगीको भनाई छ ।