काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन्। चितवनमा सहकारी पीडितसँगको अन्तरक्रिया कार्यक्रममा उनले सहकारी खोल्न सरकारले लाइसेन्स दिएपछि सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताएका हुन् ।
सभापति लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफूलाई थाहा नभएको भन्दै सहकारी पीडितहरुको पक्षमा आफू रहेको बताए ।
उनले टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने, समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवारी तहमा नभएको र टेलिभिजनमा रहँदा संचालनको लागि कुनै पनि सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको बताए।