काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातहतका सबै विषयगत समितिका सभापतिहरूलाई छलफलका लागि बोलाएका छन् ।
सभामुख घिमिरेले आइतबार बिहान ११ बजे संसदीय समितिका सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । तर छलफलको विषय भने खुलेको छैन । सभामुख घिमिरेले बिहान ११ बजे छलफलका लागि बोलाएको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।