काठमाडौँ । सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले आइतवार तीन फरक पोस्टर सार्वजनिक गर्दै फिल्म फागुन ४ गते रिलिज हुने जानकारी गराएको हो ।कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको यो फिल्मलाई आकाश मगरले निर्देशन गरेका हुन् ।
फिल्ममा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ ।फिल्म ‘जिग्री’ काठमाडौँमा अनेकन् महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई युवाको कथा हो ।