काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपबारे पत्रकार सम्मेलन गर्ने भएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आज साँझसम्म पत्रकार सम्मेलनको तयारी गरिरहेको जानकारी दिएका छन् ।
'गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है । मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु' रविले लेखेका छन्, ,मिडियामा निरन्तर आइरहेका ''स्लिप'' मा कोहि ''स्लिप'' हुनै पर्दैन । बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरू एकत्रित पार्दै गर्नुहोला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।'
ग्यालेक्सी फोरके टेलिभिजन संचालनका क्रममा सहकारीबाट लिएको ॠण नतिरेको, टेलिभिजनका कर्मचारीलाई तलब नदिएको लगायतका विषयमा पछिल्लो समय समाचारहरू आइरहेका छन्।