काठमाडौँ । सरकारले भिजिट भिसाको यसअघिको १७ बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले सोमबार १३ बुँदे एडभाइजरी जारी गर्दै नयाँ व्यवस्था ल्याएको हो।
यो नयाँ व्यवस्था भिजिट भिसामा जाने नेपाली यात्रुहरूका लागि हो। यो माघ १० गतेदेखि कार्यान्वयनमा आउने गृहले जानकारी दिएको छ।१७ बुँदे प्रावधानअनुसार भिजिट भिसामा यात्रा गर्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने, अंग्रजी भाषा जान्नुपर्ने, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको हुनुपर्नेलगायत झन्झटिला १७ फरक-फरक प्रावधानहरू राखिएका थिए। जसले गर्दा सर्वसाधारणलाई भिजिट भिसामा कुनै पनि मुलुक जान कठिन बनेको थियो।