काठमाडौँ । काठमाडौँको रोयल एजुकेसनल फाउन्डेसनले ‘अमेरिका–क्यानाडा एड्मिसन डे–२०२४’ आयोजना गर्ने भएको छ।
माघ १२ गते नयाँ बानेश्वरस्थित मुख्य कार्यालयमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूका लागि ‘अमेरिका–क्यानाडा एड्मिसन डे–२०२४’ को आयोजना गर्ने रोयल एजुकेसनल फाउन्डेसनका केन्द्रीय निर्देशक गोविन्द अधिकारीले जानकारी दिए ।
उनका अनुसार ‘अमेरिका–क्यानाडा एड्मिसन डे–२०२४’मा एड्मिसन डेमा विद्यार्थी तथा अभिभावकहरूले अमेरिका र क्यानाडाका विभिन्न विश्वविद्यालयहरूको बारेमा उपलब्ध कोर्षहरू, ट्युसन फी, लाग्ने लागत, भिजा प्रोसेस लगायतका बारेमा जानकारी लिन सक्नेछन्।
यस्तै कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न अफरहरू समेत पाउनेछन्। लक्की ड्र मार्फत भाग्यशाली विद्यार्थीहरूले अमेरिका र क्यानाडा जानका लागि आवश्यक तयारी कक्षामा भारी छुट, स्काइवाक टिकेटका साथै विभिन्न आकर्षक उपहारहरू पाउने फाउन्डेसनका केन्द्रीय निर्देशक अधिकारीले जानकारी दिए ।
फाउन्डेसनले उच्च शिक्षाका लागि संसारका विभिन्न मुलुकहरू (अस्ट्रेलिया, क्यानाडा, युके, न्युजिल्याण्ड, डेनमार्क, जापान, लगायत) मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक विषय र ती मुलुकमा जान पूर्व गर्नुपर्ने आवश्यक तयारीका लागि प्रक्रियामा सहयोग गर्दै आएको छ।
एड्मिसन डे मा अमेरिका र क्यानाडाका विश्वविद्यालयहरूका प्रतिनिधित्वहरू पनि सहभागि हुनेछन्। एड्मिसन डे शुक्रवार बिहान १० बजे सुरु भएर साँझ ५ बजे समापन हुनेछ।