काठमाडौँ । तीन जना स्वतनत्र मेयरले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राई र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका हुन् ।
आज समपन्न मतदानमा कार्यव्यस्तताको कारण देखाउँदै शाह र साम्पाङ र हमालले राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान भएको हो । एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।
सातै प्रदेशमा मतदान शान्तिपूर्ण रुपमा सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।