काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट गठबन्धका उम्मेदवार विजयी भएका छन् । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
सापकोटाले ५४३५ मत भार प्राप्त ल्याएका छन् । यहाँ एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए ।