काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अवैध रूपमा प्रयोग हुने ‘ग्रे’ फोनलाई नियन्त्रण गर्ने उद्देश्यका साथ यही २०८० जेठ १५ गते नेपालमा मोबाइल डिभाइस व्यवस्थापन प्रणाली ९एमडीएमएस० लागू गरेको थियो। प्राधिकरणले अनिवार्य रुपमा एमडीएमएसमा फोन दर्ता गर्नु पर्ने कडा नियम बनाएको छ, अर्थात् नेपालमा जुनसुकै नेटवर्कमा सञ्चालित सबै फोनको आईएमईआई नम्बर प्रणालीमा दर्ता हुनुपर्नेछ।
ती नियमहरू पालना गर्दै हामी धेरैले आफ्नो फोन एमडीएमएसमा दर्ता गरेका पनि छौँ। तर आईएमईआई नम्बर प्रणालीमा दर्ता गरिसकेपछि के हुन्छ वा यसबाट हुने फाइदा को हो भन्ने जिज्ञासा हामीमध्ये धेरैलाई हुन सक्छ। आज यस लेखमा हामी तपाईँलाई एमडीएमएस मा दर्ता भएको फोन कसरी फेला पार्ने भन्ने जानकारी दिँदै छौँ ।
स्टेप १ : आफ्नो कम्प्यूटर वा मोवाईलको कुनै एक ब्राउजर खोल्नुहोस्
स्टेप २ : Address Bar मा दिएको Link Type गर्नुहोस् ।
स्टेप ३ : Lost/Stonel Registration Form खुल्नेछ र त्यसमा तपाईलाई माग भएबमोजिम विवरण भर्नुहोस् ।
स्टेप ४ : Validate IMEI and Continue गरिसकेपश्ताप तपाईले त्यसको तल अर्को Email verification को लागि Form भर्ने ठाँउ देख्नुहुनेछ ।
स्टेप ५ : Email Address Verified personal भएपछि Information Form देख्नुहुनेछ र स्टेप ६ मा तपाईले आफनो Identity Decument Uploads गरिसकेपछि Next गर्नुहोस् ।