काठमाडौँ । गत बिहीबारदेखि स्थिर सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ थियो भने तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँ थियो । चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । गत बिहीबारदेखि प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार महासंघले जनाएको छ।
महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य आज १ लाख १ हजार ४२५ रुपैयाँ पुगेको छ । गत बिहीबारदेखि १ लाख १ हजार १६५ रुपैयाँ थियो । गत बिहीबारदेखि १ लाख ६९५ रुपैयाँमा कारोबार भइरहेको १० ग्राम तेजावी सुनको मूल्य आज १ लाख ९५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।