काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित गर्ने भएको छ ।आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले उक्त निर्णय गरेको हो ।
पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने विधानमा व्यवस्था गरेको उपाध्यक्ष डा. बेदुराम भुसालले बताए ।यस्तै पार्टीले नेताहरूको उमेर हद पनि कायम नराख्ने भएको सम्मानित नेता झलनाथ खनालले बताए ।
यस्तै पार्टीको केन्द्रीय कमिटी १९९ सदस्यीय हुने प्रस्ताव गरिएको छ । यस्तै केन्द्रीय पदाधिकारीको सङ्ख्या १९ हुने उल्लेख गरिएको छ ।प्रदेश कमिटीहरू ७५ देखि ९९ सदस्यीय हुने प्रस्ताव छ । प्रदेश पदाधिकारीको सङ्ख्या ७ हुने प्रस्तावमा उल्लेख छ ।
जिल्ला कमिटीहरू ५५ सदस्यीय हुने प्रस्ताव छ ।यस्तै पालिका कमिटीहरू ४५ सदस्यीय हुनेछ । प्रस्तावअनुसार ५ भन्दा कम वडा भएको पालिकामा ४५ र ५ भन्दा बढी वडा भएको पालिकामा प्रत्येक वडाबाट २र२ जना थप गर्न सकिने उल्लेख गरिएको छ । पार्टीका सबै कमिटीहरू समावेशी हुने बताइएको छ भने सबै कमिटीहरूमा २० प्रतिशत युवा अनिवार्य हुने बताइएको छ ।