काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल सोमबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलका क्रममा जंगिएका छन् ।
छलफलका क्रममा बोल्दाबोल्दै उनको भनाइमा व्याख्या लामो भएको भन्दै समिति सभापति आरजु राणा देउवाले छोट्याउन भनेपछि सुवाल जंगिएका हुन् ।सुवालले अरूलाई केही नभन्ने तर आफ्नो पालोमा छोट्याउन भन्नु उपयुक्त नभएको तर्क गरे ।
‘नेपालको औषधिहरू गुणस्तरीय नहुँदा डाक्टरलाई सोध्यो भने नेपालको नखाएर विदेशी खानु भन्नुहुन्छ । त्यस्तो उत्पादन गर्न मिल्छ काम नै नलाग्ने ? कम्पनी कुन हो खोइ अनुगमन ? गरिबलाई मार्ने काम सरकारले गर्नुभएन । धनी मात्र बाँच्ने भए अमेरिका गएकै छन् नि,’ उनले भने ।
सांसद सुवालले ६ महिनायता मुलुकमा ४ अर्ब रुपैयाँको तरकारी आयात भएको बताए बताउँदै विषादी भएको तरकारी सरकारले जाँच गर्नु पर्दैन भन्दै मन्त्रीको ध्यानाकर्षण गराए ।
यस्तै उनले देउवालाई कटाक्ष गर्दै भने, ‘तपाईहरुलाई घोचेको मन पदैन सबै थाहा छ हामीलाई । तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए पुग्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? प्रजातान्त्रिक समाजवाद नि थाहा छ, नाटक नै नाटक त हो । बीपि कोइरालालाई तपाईहरुले प्रतिष्ठानमा नै बेच्नुभयो नि।’