काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि पुनरावलोकन गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य समेत रहेकी श्रेष्ठले मंगलबार प्रधानमन्त्रीलाई सिंहदरबारमा भेट्दै पाँचबुँदे पत्र पनि बुझाएकी छन् ।
जसमा पुस २३ गते उपकुलपतिमा दाबी पेश गर्न सरकारी कार्यदलले गरेको आह्वान अस्पष्ट, अपूर्ण र समस्याग्रस्त रहेको जिकिर गरिएको छ । आफू कार्यविधिमा खोट देखाउनमात्रै उपस्थित नभएको भन्दै उनले समाधानका उपाय पनि सुझाएकी छन् ।