कास्की । पोखरा महानगरपालिका १९ लामाचौरले पोखरामा बाँदर नियन्त्रणका लागि रुख कटान गर्ने अभियान चलाइएको छ ।
पोखरा महानगरपालिका १९ लामाचौर पुरुनचौर क्षेत्र बाँदरबाट अति प्रभावित भएको भन्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरेका हुन् ।
गण्डकी सरकारले चालु आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रणसम्बन्धी नीति पास गरेकाले घर वरपर रहेका रुखहरु कटान गरि अभियानले सरकारलाई सहयोग पुग्ने पाण्डेको तर्क छ ।
‘‘सूचना जारी गरेको मितिले १० दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको साथै आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडाबासीलाई अनुरोध छ,’’ सूचनामा उल्लेख गरिएको छ ।