धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री विरुद्ध प्रहरीमा परेको उजुरी फिर्ता भएको छ ।
सोमबार मन्त्री झपट साउद विरुद्ध कैलाली प्रहरीमा बझाङको बुँगल नगरपालिका–१ का धनबहादुर बोहरालेज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दर्ता गराएका थिए।
तर आज (मंगलबार) विहान उनै बोहरा हाम्रो (मन्त्री जी र मेरो) कुरो मिलिसकेको छ भन्दै प्रहरीमा दर्ता भएको निवेदन फिर्ता लिन आएको प्रवक्ता कुलदिप चन्दले बताए ।