काठमार्डौं । बालाजु जेसीजको आठौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बालाजु जेसीजकी बर्ष २०२३ की अध्यक्ष जानकी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा काठमाडौ क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य गणेश पराजुलीको प्रमुख आथित्यतामा काठमाडौको शेषमतीमा रहेको दियालो फुडल्याण्डमा कार्यक्रम सम्पन्न भएको हो ।
बालाजु जेसीजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम अन्तर्गत बालाजु जेसीज बर्ष २०२३ का अध्यक्ष जानकी पाण्डेले २०२४ का निर्वाचित अध्यक्ष जेसी राजेश पोखरेललाई चेन हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ।
यस्तै, नव निर्वाचित अध्यक्ष जेसी राजेश पोखरेलले नयाँ कार्यसमितिका निर्वाचित पदाधिकारीहरु निबर्तमान अध्यक्ष जेसि जानकी पाण्डे, कार्यकारिणी उपाध्यक्ष जेसी उद्दब फुयाल, कार्यकारिणी उपाध्यक्ष जेसी सुस्मा शर्मा, कानुनी सल्लाहकार जेसी सुरेन्द्र बोगटी, महासचिव जेसी नितिन पाण्डे, कोषाध्यक्ष जेसी सुरज पौडेल उपाध्यक्ष, जेसी अजिता थापा, उपाध्यक्ष जेसी अशोक महर्जन, उपाध्यक्ष जेसी दिपक आचायर्, उपाध्यक्ष जेसी अमोद अधिकारी लगायतलाई पद तथा गोपनियताका सपथ ग्रहण गराएका हुन् ।
जेसीज वर्ष २०२४ का अध्यक्ष पोखलेले बिशेषगरी युवा उद्यमशिलता, ब्यक्तित्व बिकास, महिला नेतृत्व आदी क्षेत्रहरुमा स्थानिय सरकारसंग समन्वय गर्दै आफ्नो कार्यकाललाई प्रभावकारी ढंगले समापन गर्ने बताए ।पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष जानकी पाण्डेले आफ्नो कार्यकालमा विभिन्न क्षेत्रमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई धन्यवाद सहित मायाको चिनो प्रदान गर्दै आगामी दिनहरुमा पनि संगसंगै सहकार्य गर्दै अगाडी बढ्ने बताईन् ।
कार्यक्रममा प्रमुख अतिथी पराजुलीले व्यक्तित्व, नेतृत्व र सामाजिक क्षेत्रमा जेसीजले निरन्तर काम गर्न आग्रह गर्दै सम्पूर्ण नयाँ पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा शैक्षिक परामर्श संघको अध्यक्ष शेषराज भट्टराई लगायत अन्य जेसिसका बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा रहेको थियो ।