काठमाडौँ । सरकारले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधान गर्न आयोग गठन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आरक्ष पीडितका समस्या समाधान गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार निकुञ्ज पीडितको माग सम्बोधन गर्न यसअघि नै आयोग गठन गर्ने निर्णय भए पनि प्राविधिक कारणवले पूर्णता पाएको थिएन ।प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आरक्ष पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।
कञ्चनपुरका जनप्रतिनिधि र आरक्ष पीडितहरूले पटक-पटक सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका थिए।