धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भइरहेको छ । बिहीबार विहानदेखि दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटी र डडेल्धुराका उच्च हिमाली तथा लेकाली भू-भागमा हिमपात भइरहेको हो ।
डोटीको खप्तड क्षेत्र, अछामको चौखुट्टे, बाजुराको सदरमुकाम मार्तडी, बैतडीको खोड्पे, ढोल्यामोड, अनारखोली, डडेल्धुराको भत्काँडा, दार्चुलाको सितापुल र बझाङका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
हिमपातसँगै वर्षा पनि भइरहेकाले पहाडी भू-भागमा चिसो बढेको छ ।