काठमाडौं । देशका हिमाली भेगमा बिहीबार हिमपात भएको छ ।हुम्लामा बुधबार राति तेस्रो पटक हिमपात हुँदा किसान निकै खुसी भएका छन् । बिहीबार जुम्लाको सदरमुकाम खलङ्गा बजारमा समेत हिउँ परेको छ ।
त्यसै गरी बिहीबार म्याग्दी र मुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा, रुकुम पूर्व भुमे गाउँपालिका–१ स्थित मध्यपहाडी सडक खण्डको रुपगामा हिमपात भएको छ ।
त्यस्तै जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको उमिधुरी हुँदै कुइनेखानी जाने बाटो समेत हिउँले ढाकिएको छ ।बिहीबार भएको हिमपातका कारणले विभिन्न यात्रु बस तथा हवाई सेवा अवरुद्ध भएका छन् ।