काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । अहिले बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा संविधान जारी भएपछि तत्काल बन्नुपर्ने कानुनको अवस्थाका बारेमा छलफल हुनेछ । त्यस्तै संसदीय समितिमा रहेका विधेयकहरू तथा अब बन्ने कानुनमा रास्वपाले उठाउने विषयबारे छलफल हुने बताइएको छ ।
त्यस्तै आगामी संसद अधिवेशनमा पार्टीले उठाउने मुद्दाका विषयमा पनि आजको संसदीय दलको बैठकमा छलफल हुने रास्वपाका सांसदहरूले बताएका छन् । यही २२ माघदेखि संघीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदै छ ।