काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको छ ।नेपाली कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याललाई संयोजक तोकेको हो ।
यस्तै कानून न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विक संयोजक छिन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद वडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी बोखिम (लिम्वू) र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका हुन् ।
समितिमा पार्टीबाट तोकिएका संयोजकहरुः
१- अर्थ समिति – रामनाथ अधिकारी
२- अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति – डा. नारायण खड्का
३- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति – रमा कोइराला पौड्याल
४- कानून न्याय तथा मानव अधिकार समिति – नागिना यादव
५- कृषि, सहकारी तथा प्राकृति स्रोत समिति – कुसुमदेवी थापा
६- महिला तथा सामाजिक मामिला समिति – आशा विक
७- राज्य व्यवस्था तथा सुशासन समिति – दिलेन्द्रप्रसाद वडू
८- पूर्वाधार विकास समिति – दिनेश कुमार यादव
९- शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति – लिलादेवी बोखिम ९लिम्वू०
१०- सार्वजनिक लेखा समिति – श्यामकुमार घिमिरे