काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिए ।
उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ ।संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा दलको बैठक बस्न लागेको नेता घर्तीले जानकारी दिए ।हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।