काठमाडौँ । सोमबार साँझदेखि क्रमशः मौसममा सुधार हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको र सोमबार साँझदेखि क्रमशः मौसममा सुधार हुने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । सो मौसमी प्रणालीका कारण आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको हो ।