काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन्।आइतबार सङ्घीय संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयक पारित गर्नुपर्ने बताए।
उनले पारित गर्नुमात्रै ठुलो कुरा नहुने भन्दै पारित गरिएका विधेयक कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने बताए। उनले संसद्को सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताए। उनले संसद् क्यालेण्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताए।
उनले प्रि–बजेट छलफलका लागि कानुनी प्रबन्ध अध्यादेशमार्फत आएको र सरकारले आवश्यक ध्यान दिइरहेको बताए।सभामुख घिमिरेले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने जनाएको पनि बताए।