धनगढी । धनगढीमा रहेको चैतन्य पाठशालामा सञ्चालन भइरहेको चैतन्य स्ट्रिम वर्कसप २०८० सम्पन्न भएको छ । माघ १६ गते देखि सुरु भएको चैतन्य स्ट्रिम वर्कसप सोमबार सम्पन्न भएको हो ।
सो स्टिम वर्कशपमा सबै विद्यार्थीहरूमा ओरिन्टेसन र विभिन्न क्याम्पहरू निर्माण गरी उड्डयनमा विमान बनाउने देखि उडाउने परीक्षण गरिएको हो । यस्तै विभिन्न कार्यक्रमका कक्षाहरू सञ्चालन गरिएका थिए । चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरूको आयोजनामा स्ट्रिम वर्कसप सञ्चालन भएको हो।
स्ट्रिम वर्कसप कार्यक्रममा विभिन्न १२ ओटा विद्यालयका विद्यार्थीहरू एक हप्तासम्म वर्कसपमा कक्षा चलाउने र महत्त्वपूर्ण आकर्षणको रूपमा रिमोट कन्ट्रोलबाट विद्यार्थीहरूबाट प्लेन पनि उडाएका थिए। सहभागी भएका १२ ओटा विद्यालयका विद्यार्थीहरूलाई ओरिन्टेसन गरेको प्रमाण पत्र समेत पाठशालाले दिएको थियो ।
यस्तै कार्यक्रमका आकर्षणका रूपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर रहको थियो । यस्तै रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादु, रोमाञ्चक पुरस्कार सँग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी टेलिस्कोप, थ्रिडी प्रिन्टर, रकेट रहेको थियो ।
पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिंहले विद्यार्थीलाई शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता विद्यार्थीहरूमा जागृति गराउने र दक्ष, क्षमता वान, अब्बल विद्यार्थी उत्पादन गर्ने यो कार्यक्रम ७ दिनको मात्र नभएर अब निरन्तर चलिरहने बताए ।