काठमाडौं । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरेको छ । पत्र रितपूर्वक नभएको भन्दै फिर्ता गरेको हो ।
चन्दको राजीनामा आएपछि प्रहरीको मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेका थिए । छलफलमा राजीनामा फिर्ता नलिएपछि मानवस्रोत विभागले रितपूर्वक नभएको भन्दै फिर्ता गरेको हो ।
चन्दको सेवा अवधि ससकिन केही महिना मात्र बाँकी छ । २९ वर्ष प्रहरी सेवामा बिताएर केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी वसन्त कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेका थिए । डीआईजी चन्द आइजीपी कुँवरकै ब्याचका हुन् ।यसअघि डिआइजी चन्दले शनिबार राजीनामा दिएका थिए ।