काठमाडौँ । विवादपछि आइतबारबाट रोकिएको नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्द सत्र फागुन १ गतेबाट सुरु हुने भएको छ ।
अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलबार दोस्रो विज्ञप्ति जारी गर्दै अवरुद्ध बन्द सत्र आगामी फागुन १ गते सुरु गर्ने जानकारी गराएका हुन् । अध्यक्ष देवकोटाले अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागे आवश्यक सबै कामहरूमा निर्देशन एवं सहजीकरण गर्ने समेत जनाएका छन् ।
२१ गते देखि सुरु भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुरु गर्नेबारे प्राप्त पत्रका आधारमा आगामी फागुन १ गते ११ बजेबाट बन्द सत्र सुरु हुने जानकारी गराउँछु’ देवकोटाले भनेका छन् ।