काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको आरोपमा पक्राउ परेका उद्यमी अरुण चौधरी सहित तीनै जना रिहा भएका छन्।
उद्यमी चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायाण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई बुधबार रिहा गरिएको हो। तीन जनालाई हाजिरी जमानीमा रिहा गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरा (सीआईबी)का एसएसपी दिनेश आचार्यले बताए।
सीआईबीले तीनै जनालाई मघ १८ गते पक्राउ गरेको थियो। उनीहरू हिरासतमा राख्न दुई पटक म्याद थपिएको थियो।दोस्रो पटक म्याद थप्दा जिल्ला अदालत, काठमाडौंले दुई दिनपछि थुनामुक्त गर्न आदेश दिएको थियो। माघ २२ मा जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले दुई मात्रै हिरासतमा राख्न भनेको थियो।