काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न तीन समितिका बैठक आज बस्दैछन् ।संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
शिक्षा समितिमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ भने राष्ट्रिय सरोकार समितिमा १६औँ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरुका सम्बन्धमा छलफल हुनेछ ।
साथै, दिगो विकास समितिमा संघीय संसद भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ । तीनवटै बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बिहान ११ बजे बस्नेछन् ।