अछाम । अछाममा गोठमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ। मेल्लेख गाउँपालिका–३ दार्वाका जयबहादुर बुढाका ३ वर्षीय छोरा अंङ्कित बुढा र झङ्करे बुढाकी नातिनी ६ वर्षीया निरुता बुढाको आगोमा परी मृत्यु भएको हो।
खरले छाएको गोठमा बुधबार वेलुका आगलागी भएको थियो ।उक्त आगलागीबाट दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।