विराटनगर । कोशी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार आज ४ बजे नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउने तयारी भएको छ ।
मुख्यमन्त्री कार्यालय कोशीका अनुसार ४ जनालाई मन्त्री बनाउने तयारी छ । एक जनालाई राज्यमन्त्री बनाउने तयारी भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार काँग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा इन्दिरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको छ ।
हाल कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगु र पर्यटन वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती छन् ।