काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २० औँ संस्करणका लागि चार विधाका उत्कृष्ट तीन जनाको नाम सार्वजनिक गरिएको छ ।आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत चार विधाका उत्कृष्ट तीन जनाको नाम सार्वजनिक गरेको हो ।
एनएसजेएफका अनुसार वर्षका उत्कृष्ट युवा खेलाडीको शीर्ष तीनमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ परेका छन् ।वर्षका उत्कृष्ट पुरुष खेलाडीको शीर्ष तीनमा भने क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल तथा एथलेटिक्सका दीपक अधिकारी छन् ।
यता वर्षको उत्कृष्ट महिला खेलाडीको शीर्ष तीनमा बास्केटबलकी अनुशा मल्लसँगै एथलेटिक्सबाट पुष्पा भण्डारी र राजपुरा पछाईं परेका छन् ।वर्षका उत्कृष्ट प्रशिक्षकको शीर्ष तीनमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा परेका छन् ।
यसअघि एनएसजेएफले चारवटै विधामा समान ८/८ जनालाई समेटेको थियो । तीमध्ये उत्कृष्ट तीनको नाम शुक्रबार सार्वजनिक गरिएको हो ।उत्कृष्ट तीनबाट माघ २८ गते आयोजना हुने अवार्ड कार्यक्रमकाबीच विजेताको चयन गरिने एनएसजेएफले जानकारी गराएको छ ।