काठमाडौं । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागी झण्डै १६ हजार परीक्षार्थीहरुमध्येबाट अधिकृत पदमा नियुक्तिका लागि २१७ जना सिफारिस भएका छन् ।
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखा परीक्षण सेवा र संघीय संसद् सेवा, सामान्य प्रशासन समूहतर्फको अधिकृत पदको प्रारम्भिक परीक्षा आयोगले गत असार १६ गते सन्चालन गरेको थियो ।