दैलेख। नेकपा एमाले दैलेख जिल्ला कमिटीको अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत चयन भएका छन् । सदरमुकाम दैलेख बजारमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
नेतृत्वमा सोमबार नै सहमति जुटेपनि अन्य पदाधिकारी टुंगो नलाग्दा घोषणा भने गरिएको थिएन । सबै पदमा सहमति जुटेपछि निर्वाचन कमिटीले मंगलबार दिउँसो नयाँ नेतृत्व चयन भएको घोषणा गरको हो ।
सुरुमा अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये तिलकप्रसाद रिजाल, नन्दकिशोर बस्नेत र प्रमेबहादुर बुढाले शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । शाही अघिल्लो पटक अध्यक्ष पदमा रवीन्द्रराज शर्मासँग पराजित भएका थिए ।