काठमाडौं । सरकारले आगामी वर्ष २०८१ का लागि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ। उक्त बिदा मंगलबार राजपत्रमा प्रकाशित गरिएको हो ।
गृह मन्त्रालयले मंगलबार एक सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको जनाएको छ।
जसअनुसार सबै सरकारी कार्यालयहरूमा २०८१ साल वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा २०८१ साल माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ । यसैगरी २०८१ साल कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने छ ।