काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा रहेको बिग एजुकेशन कन्सल्टेन्सीले भोलि शुक्रवार अर्थात् फागुन ४ गते ‘बिग एजुकेशन फेयर’ आयोजना गर्ने भएको छ ।
फेयरमा बेलायतका र अमेरिकाका शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिने उद्देश्यले ‘बिग एजुकेशन फेयर’को आयोजना गरिएको बिग एजुकेशनका फाउण्डर सिईओ सुरज केसी जानकारी दिए ।
उनका अनुसार फेयरमा बेलायतका युनिभर्सिटी अफ द वेस्ट अफ लण्डन, क्याटबरी च्यारिट चर्चा युनिभर्सिटी, बिपिपि युनिभर्सिटी लगायतका विश्वविद्यालयका प्रतिनिधिको सहभागिता हुने जनाएको छ ।
बेलायत र अमेरिका अध्ययनका लागि जान चाहने विद्यार्थीहरूलाई यो फेयरले निकै महत्त्वपूर्ण अवसर दिन सक्ने अपेक्षा लिइएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने बिग एजुकेशनल फेयरमा उपस्थित विद्यार्थीलाई विभिन्न शीर्षकमा आकर्षक छुटसहित पुरस्कार र छात्रवृत्तिसमेत प्राप्त गर्ने बताइएको छ । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको बिग एजुकेशन कन्सल्टेन्सीको पोखरा,नुवाकोट, र कञ्चनपुरमा शाखा रहेको छ ।