कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर ११ मा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ धनगढी सिटी, लायन्स क्लब अफ धनगढी एभरेष्ट, लायन्स क्लब अफ धनगढी भिजनको संयुक्त आयोजनामा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त शिविरबाट ७ सय १३ जनाले सेवा लिएका छन् ।
लायन्स क्लब अफ धनगढी सिटीका अध्यक्ष लायन टी.एन ढकालका अनुसार शिविरमा चेकजाँच गर्न आएका बिरामीलाई निःशुल्क रूपमा औषधि वितरण गरिएको जनाएको छ ।
नवजीवन अस्पताल प्रालि धनगढी,पुनर्वास ११ को वडा कार्यालयको सहकार्यमा भएको शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. विदुरमणी ढकाल, जनरल फिजिसियन डा. राजु विष्ट, स्त्री रोग विशेषज्ञ डा. जयराम के.सी, बाल रोग विशेषज्ञ डा. सतिश शर्मा, दृष्टि विशेषज्ञ पवन शाह लगायतले बिरामीको चेकजाँच गरेका थिए ।