काठमाडौं । गायक कमल खत्रीको आवाजमा रहेको नयाँ म्युजिक भिडियो ‘छिन छिन मा’ सार्वजनिक गरिएको छ। दरबार मार्गको राइजिङ्ग मलमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका वरिष्ठ रचनाकार रमेश अधिकारीबाट कार्यक्रमको विमोचन गरिएको थियो।
अधिकारीले सबै टिमलाई शुभकामना दिएर कार्यक्रम सुरु गरिएका थिए। कार्यक्रममा अन्य अतिथिहरू रविन थापा, निर्देशक तथा कोरियोग्राफर राजीव समर , विभोर पोखरेल, गायक सबु थापा र आशिस भण्डारीको उपस्थित रहेको थियो।
गायक कमल खत्रीको रचना तथा संगीत रहेको गीतको भिडियोमा सुनिल न्यौपाने, बिना राउत,अलिशा शर्मा र करिश्मा शाही ठकुरीको अभिनय देख्न सकिन्छ ।