रौतहट । रौतहटको ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडपको घटनापछि अवस्था समान्य नभएकाले स्थानीय प्रशासनले आईतबार कर्फ्यूको क्षेत्र बढाएको छ । स्थानीय प्रशासनले झडप गर्ने पक्षलाई राखेर साम्य पार्ने प्रयास गरिरहेको छ । त्यस क्षेत्रमा ७ सय सुरक्षाकर्मी परिचालित छन् ।
झडप पछि अवस्था भड्किन सक्ने भन्दै स्थानीय प्रशासनले शनिबार अनिश्चितकालको लागी कर्फ्यू आदेश जारी गरेको थियो ।
झडपपछि अवस्था समान्य हुन नसकेकोले कर्फ्यूको दायरा बढाइएको जिल्ला प्रहरी प्रवक्त डिएसपी एलिजा गिरीले जानकारी दिईन् ।
डिएसपी गिरीका अनुसार इशनाथ नगरपालिकाको वडा नम्वर ६ र ७ मा कर्फ्यू क्षेत्र तोकिएकोमा आईतबारबाट अर्को सूचना जारी नहुनजेलसम्म वडा नम्वर २, ३, ४ र ५ स्थित पूर्वतर्फ बन्जारा मोड ९हनुमान मन्दिर० पश्चिममा सानो घिउरा गाउ, उत्तरमा रामपुर खाप एपिएफ बिओपीदेखि जमिल अख्तरको बोरिङ सम्म र दक्षिणमा एपीएफ बिओपी औरैयादेखी जयनगरसम्म अनिश्चितकाल सम्मको कर्फ्यू आदेश जारी भएको छ । आइतबार पनि बेलाबखत झडप भइरहेको छ ।
घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरे पछि झडप सुरु भएको हो ।