काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रेसलाई प्रतिबन्ध लगाइएको छ । प्रजातन्त्र दिवसको अवसरमा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले क्यामरा डाउन गरेका छन्।
गृह मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले सैनिक मञ्च, टुँडिखेलको गेट बाहिर क्यामरा डाउन गरेका हुन्।
पत्रकारहरूले सांकेतिक विरोध स्वरूप क्यामरा डाउन गरेका हुन्।सूचना विभागको कार्ड देखाउँदा पनि भित्र प्रवेश नपाएको त्यहाँ उपस्थित सबै पत्रकारहरू बताउँछन्।