काठमाडौँ । नेपाली नागरिकहरूले भारतमा अब सहज रूपमा सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सिमकार्ड पाउने बताएका छन् ।
नेपालीहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन पाउने उनले एक्समा उल्लेख गरेका छन् ।यसअघि नेपालीहरूले भारतीय नागरिकको सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।