काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाविरुद्ध फैलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।राष्ट्र बैंकले आज एक विज्ञप्ति निकालेर बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्तिरसमूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा राष्ट्र बैंकले नै दिएको निर्देशनको अधिनमा रही सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख छ । ती संस्थामा नियमितरूपमा निरीक्षण र सुपरिवेक्षण भइरहेको तर खराबी नदेखिएको राष्ट्र बैंकले जनाएको छ ।