जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्य ११ घण्टाका लागि हटाइएको छ । गत सोमबार साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो ।
कर्फ्यु जारी भए पनि मंगलबार बिहान र बुधबार बिहान ६ देखि १० बजेसम्म खुकुलो पारिएको थियो । मंगलबार आपसी सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालयले सर्बदलीय बैठक डाकेर पाँच बुँदे निर्णय गरेको थियो ।