काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाले आफ्नो लेटरहेड दुरुपयोग गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एनआरएनए अष्ट्रेलियाले बिहीबार एक विज्ञप्ती जारी गर्दै एनआरएनएको लेटरहेड दुरुपयोग गरेर नेपालबाट पण्डित बोलाउन खोजिएको र भिजा पनि अप्लाइ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ ।
सिड्नीको बरउडमा आयोजना गरिने होली कार्यक्रमका लागि नेपालबाट पुरोहित बनाई एक व्यक्तिलाई कार्यक्रममा निमन्त्रण गरिएको पत्रमा एनआरएनएको लेटरहेड दुरुपयोग गरिएको पाइएको छ ।
उक्त नक्कली पत्र बनाएर भिजा अप्लाइ गरिएको विषयमा अष्ट्रेलियाको इमिग्रेसन विभाग र सङ्घीय प्रहरीमा रिपोर्ट गरी कारवाहीको माग गरिएको छ ।