काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट अझै टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।
प्रतिनिधिसभाको बैठकमै केही सांसदले सरकारले टिकटक बन्द गरेको घोषणा गरे पनि सत्ता पक्षकै नेताहरुले चलाइरहेको भन्दै प्रश्न उठाएका थिए ।
प्राधिकरणले अझै टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको हो। प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइसकेको भएपनि अझै केही सेवा प्रदायकको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएकाले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिन आग्रह गरेको छ।