काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक सुरु भएको छ । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको भएता पनि एमालेले भने अवरोध कायम राखेको छ ।
बालकुमारी घटना, टेरामक्स प्रकरण र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने विषयमा प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग्दै अवरोध कायम राखेको हो ।